• जीवनशैली | Jiwanshaili
  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु


    त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो ।

    काठमाडौँबाट नारायणघाटतर्फ जाँदै गरेको ना६ख ४९४७ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । घटनापछि बजारवासीले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार