जीपको ठक्करबाट बालकको मृत्यु
मार्तडी- जिल्लाको बूढीगङ्गा नगरपालिकाको बल्दे आटिचौरमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–१ कुँडीका रति ल्वारको १० वर्षीय छोरा रमेश ल्वारको रहेको प्रहरीले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दे आउँदै गरेको सु प त ०१ ज १०२००३ नंको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक ल्वारको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।
जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक महराको भनाइ छ । रासस
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस