घाइते अवस्थामा भेटिएकी बालिका उपचारका क्रममा मृत्यु
घाइते एवं अचेतावस्थामा फेला परेकी मकवानपुर, वाग्मती गाउँपालिकाकी चार वर्षीया बालिकाको हेटाँैडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा रगतले लतपत भई घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बुधबार हराएकी बालिका आज टाउकामा चोटपटक र शरीरभरि रगत बगेको अवस्थामा फेला परेको वडाध्यक्ष दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिनुभयो । सो घटनामा एक जनालाई पकाउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस