• जीवनशैली | Jiwanshaili
  • घुस लिएको अभियोगमा मुद्दा


    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो । –––


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार