टिकटकर निकिशा श्रेष्ठ माथि दुव्र्यवहार गर्ने पक्राउ
मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुव्र्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।
निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मङ्गलबार दुव्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुव्र्यवहार गरेको र आफूलाई दुव्र्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ । प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस