• जीवनशैली | Jiwanshaili
  • आक्रमण बढ्न थालेपछि चितुवा खोरमा


    आँबुखैरेनी गाउँपालिका–२ पौवा गाउँमा आज बिहान खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ ।

    डिभिजन वन कार्यालयले तिहारभन्दा अगाडि उक्त ठाउँमा राखेको फलामको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । चितुवा अन्दाजी १२ वर्षको र ४० किलोभन्दा बढी रहेको सहायक वन अधिकृत सुरेश भुजेलले जानकारी दिए ।

    स्थानीयले पालेका वस्तुमाथि आक्रमण बढ्न थालेपछि कार्यालयले फलामको खोर राखेको थियो”, उहाँले भन्नुभयो, खोरमा परेर भाले चितुवा नियन्त्रणमा आएको छ ।नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

    जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु र शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार