तनहुँमा ७२ जुवाडे पक्राउ
तनहुँ- तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले सात लाख ४० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उनले बताए । जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नंमा उल्लेख गरेको छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । उनले भने, ‘जुवातास खेल्ने खेलाउनेलाई अहिले तारेखमा छाडिएको अवस्था छ ।’
प्रहरीले जुवातास खेल्ने सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ । स-साना जुवाडेलाई पक्राउ गरिए पनि ठूला जुवाडेलाई पक्राउ गर्न नसकिएकाले अबको निसाना प्रहरीको त्यसतर्फ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस