ग्लोकल टीन हिरो नेपालको सूची सार्वजनिक
वाई वाईसंगको संयोजनमा ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक भएकाे छ । सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो । आवेदनको समय समाप्त भएपछी, प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ ।
किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो । २० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोरकिशोरीहरुको यस् बर्षको ग्लोकल २० अंडर २० को सुची सार्वजनिक गरिएको छ । हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।
ग्लोकल प्रा ली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट किशोरकिशोरीहरुको सूची सार्वजनिक गरिएको हो । ती किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सूची सार्वजनिकको उद्देश्य रहेको जनाइएको छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।
ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ (“नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन । यद्धपी समाज तथा राष्ट्रलाई टेवा पुराइरहेका यिनै जाज्वल्यमान प्रतिभाशाली किशोर किशोरिहरुलाई पहिचन गराउन पाउदा हामी गर्व गर्दछौ” ।
यस वर्षका उत्कृष्ट किसोर किशोरीको सुची यस प्रकार रहेको छ –
अभिषेक कर्ण, १६ , टेक्नोप्रिनर, महोत्तरी
अमित तिमिल्सीना, १७, टेक्नोप्रिनर, बुटवल
अन्कित मिश्र, १८, बाल अभियन्ता, बाँके
दिक्षा गौतम, १८, बाल अभियन्ता, काठमाडौं
एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
ग्रेश थापा, १८, उद्द्यमी, ललितपुर
लक्ष्मण पौडेल, १९, नवप्रवर्तक, बुटवल
मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभिएन्ता , रामेछाप
नम्रता दाहाल,१७, बाल अभियन्ता, झापा
प्रेक्षा धामी, १८, सामाजिक अभियन्ता, कैलाली
रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
सनिफ कडेल, १८, युवा अभियन्ता, रुपन्देही
संस्कृति फुयाल, १७, सामाजिक अभियन्ता, काठमाडौं
सेलिया श्रेष्ठ, १५, सामाजिक अभियन्ता, झापा
सुभाश शर्मा, १७, कोडर, जनकपुर
सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
सुसन सापकोटा, १४, बातावरण विद् , सुर्खेत
स्वराज सागर प्रधान, १८, प्रोग्रामर, ललितपुर
वैभव नाहटा, १८, उद्द्यमी, बिराटनगर
योउबेश धौभडेल, १९, सामाजिक अभियन्ता, भक्तपुर

देश भरि बाट आएको ६०४ं आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । साथै उत्कृष्ट ६ को घोष्णा पनि नभेम्बर २४ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीनु भएको छ । ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, ख्बगिबदभि पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, फाइबरनेट, ब्रिटिश कलेज र Valuable नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, Education पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, PR partner : V-Vhitra र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो , युवा, नेपाल युवा परिषद, AYON, Kwiks, View Your Choice Genesis Cloud Academy रहनु हुनेछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस