• जीवनशैली | Jiwanshaili
  • टिपरले ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु


    बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पाल्पाको निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको छ ।

    बुटवलको नयाँ बसपार्क अगाडि आइतबार दिउँसो ४ बजे लु २ ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवारी मानबहादुर गम्भीर घाइते भएका थिए ।
    उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार