जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।
दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो ।
उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । —
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस