कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा
डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयले सूचना जारी गर्दै विसं २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ । विसं २०७७ फागुन मसान्तभित्र कर विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना, थप दस्तुर र पाँच प्रतिशत व्याजसमेत नतिर्नुपर्ने सूचनामा उल्लेख छ ।
अगामी फागुन मसान्तसम्म मात्र योजना रहेको र यसको लाभ उठाउन व्यवसायीलाई आह्वान गरिइएको छ । यसैबीच कार्यालयले कर नबुझाउने ७४ जना व्यवसायीको सूची सार्वजनिक गरेको छ । सूचीमा अमरगढी नगरपालिका प्रमुखलगायत विभिन्न व्यक्ति रहेका जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस