• जीवनशैली | Jiwanshaili
  • पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, यात्रु घाइते


    आज सोमबा पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएकाे छ । दुर्घटना परि एकजनाको मृत्यु र अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा नेपाली प्याराग्लाइडिङ पाइलट ३८ वर्षिय राजु गैरे रहेका छन् भने घाईते हुनेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ वासीकुकी २८ वर्षिया शिला श्रेष्ठ रहेकी छन् ।

    पोखरा महानगरपालिका–१८ को सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेको हो ।घाईते हुने  शिला श्रेष्ठकाे अवस्था भने  गम्भिर रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । घाईते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।

    प्याराग्लाइडिङ अवतरणका लागि फेवाताल किनारको क्षेत्र तोकिएको भएपनि त्यो ठाउँमा झर्न नपाउँदै दुर्घटना भएको डिएसपी हमालले बताए । दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटनामा ज्यान गुमाएका पाइलट कास्कीको पोखरा महानगरपालिका–२८ का हुन् ।  दुर्घटनालगत्तै घाईते भएका पाइलट राजुलाई उपचारका लागि मेट्रोसिटि अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ । प्याराग्लाइडिङ पाइलट पोखरा–६ लेकसाइड बस्दै आएका थिए ।

    अवतरण गर्नेठाउँसम्म आउनै नपाई  फेवाताल किनारमा अवतरणमा आउने क्रमाम बीचमै दुर्घटना भएको प्याराग्लाईडिङ व्यवसायीको छाता संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारीले बताउनु भयाे। दुर्घटनाकाे कारण बारे अनुसन्धान गरीने भण्डारीले जानकारी दीएका छन्।

    पोखराको सराङकोट क्षेत्रबाट प्याराग्लाइडिङ उड्ने र फेवाताल किनारको खपौदीमा अवतरण गर्ने गरिन्छ । आन्तरिक पाहुनाको भीड बढेपछि यो बेला प्याराग्लाइङिङ उड्न पालो पाउन समेत मुस्किल रहेको व्यवसायीको भनाई छ ।

    आन्तरिक पाहुनाको भरमा दैनिक ५ सय उडान भईरहेको  प्याराग्लाइडिङ  कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि रोकिएको प्याराग्लाइडिङ उडान दसैं अघिदेखि सुचारु भएको थियो ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार