• जीवनशैली | Jiwanshaili
  • धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी मारमा


    कोरोना भाइरस सङ्क्रमणबाट बच्न गत वर्ष चैत ११ देखि बन्दाबन्दी जारी गरिएसँगै बन्द रहेको धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

    विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपअघि स्वर्णदीप मनि चेञ्जर सञ्चालन गर्दै आउनुभएका हरिप्रसाद घिमिरे व्यवसाय बन्द रहेकाले गत असारमा चार जना कामदारलाई बिदा दिएको बताउनुहुन्छ । बौद्ध क्षेत्रको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको सटर भाडामा लिनुभएका घिमिरे भाडा तिर्न नसकेपछि सहुलियतको माग गर्दै कार्यालय पुग्नुभयो ।

    घिमिरेलाई समितिका कार्यकारी निर्देशक वसन्त लामाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बन्दाबन्दी खुलेर अरु धेरै क्षेत्र खुले पनि बौद्ध चैत्य पर्यटकका लागि खुला गरिएको छैन । बौद्धमा पर्यटक नआए घिमिरे जस्ता सयौँ व्यवसायीको व्यवसाय चल्दैन । बौद्ध क्षेत्रमै पर्यटकलाई नै लक्ष्य गरेर व्यवसाय गर्ने सयौँ व्यवसायी नौ महिनादेखि आम्दानी नहुँदा जीवन चलाउन मुस्किल हुन थालेको गुनासो गर्छन् ।

    हातमा बोकेर नेपाली मौलिक उत्पादन पर्यटकलाई बिक्री गर्दै आउनुभएका रणबहादुर श्रेष्ठको अवस्था पनि उस्तै छ । नौ महिनादेखि काम नहुँदा हातमुख जोर्न धौधौ पर्न थालेको उहाँको गुनासो छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक पर्यटकीयस्थल खुला गर्नुपर्ने व्यवसायीको माग छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार