कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि सुरु
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण व्यापक भएपछि सात महिनादेखि रोकिएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। सरकारले सार्वजनिक गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर हुने परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर ४ हजार १०५ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा हुँदैछ । गएको वैशाख ८ गतेदेखि हुने भनिएको परीक्षा कोरोना संक्रमणका कारण रोकिएको थियो ।
सरकारले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेकाले ढुक्क भएर परीक्षा लेख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई आग्रह गरेका छन् ।
यसअघि नै राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकता राखेर परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ।
सरकारले कोरोना पोजेटिभ रिपोर्ट आएका विद्यार्थीका लागि भने पुनः परीक्षा सञ्चालन गर्ने बताएको छ । संक्रमण पुष्टि भएर पनि परीक्षामा सहभागी हुनसक्ने विद्यार्थीले भने परीक्षा लेख्न सक्नेछन् । उनीहरुा लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।
कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिनेछ । यस पटक विशेष परिस्थिति भएकाले सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ ।
यसअघि नै ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिने निर्णय भएको बोर्डले बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस