पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल :नेपाल आयल निगम
नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ ।
निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताउनुभयो । यसका लागि कैलालीको गोदावरी नगरपालिका, स्याउले बजार नजीक रहेको शिवशक्ति महिला सामुदायिक वन क्षेत्रको जग्गाको पहिचान गरिएको जनाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले केही दिनअघि सो जग्गाको स्थलगत रुपमा अध्ययन गरेको थियो । “नयाँ डिपो स्थापनाका लागि पहिचान गरिएको यो जग्गा प्राप्तिको पहल गर्न लागिएको छ”, दासले भन्नुभयो, “जग्गा प्राप्तिपछि ‘भर्टिकल‘ ट्याङ्कीसहितका संरचना निर्माणको प्रक्रिया शुरु गरिने छ ।
झण्डै चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको कार्यालय परिसरमा पेट्रोलिम पदार्थको भण्डारण क्षमता घट्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा हाल दैनिक ४०० किलोलिटर डिजल र २०० किलोलिटर पेट्रोलको माग रहेको जनाइएको छ । सो मागका आधारमा निगमसँग तीन दिनलाई पुग्ने क्षमताको डिजलको ट्याङ्की र आधा दिनलाई पुग्ने क्षमताको पेट्रोलको ट्याङ्की मात्र छन् । माग बढ्दै जाँदा डिपोमा भण्डारण गरिने पेट्रोलियम पदार्थले धान्न नसक्दा ढुवानी गर्ने ट्याङ्करमा नै पेट्रोलियम पदार्थ भण्डारण गरिराख्नुपर्ने अवस्था छ ।
कार्यालय परिसरमा रहेको भण्डारण डिपो पछिल्ला वर्षमा मानव बस्तीले घेरिन थालेसँगै कुनै पनि समयमा जोखिम निम्तिनसक्ने खतरा पनि छ । डिपो परिसरमा पेट्रोलियम पदार्थ लिएर आउने ट्याङ्कर अड्याउने ठाउँसमेत अभाव हुँदा कार्यालय बाहिर रहेको ‘छ लेन‘ सडकका छेउमा ट्याङ्कर अड्याएर राख्नुपर्ने अवस्था छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस