प्रहरीलाई थप जवाफदेही बनाउन टेलिफोन संवाद कार्यक्रम
वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमा कमान्डर वा प्रमुखलाई जवाफदेही बनाउन प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम शुरु गरेको छ ।
प्रहरी सङ्गठनभित्र सबैलाई थप जवाफदेही बनाउन र सबै तहका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग आफ्नो समस्या वा गुनासो राख्न सहजता होस् भन्ने उद्देश्यले टेलिफोन संवाद शुरु गरिएको हो ।
तल्लो तहका प्रहरी कर्मचारीको गुनासो विभागीय रुपमा समाधान गर्ने उद्देश्यले सबै तहका कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवादको व्यवस्थापन मिलाइएको प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो । यो संवाद कार्यक्रमले सानो वा ठूलो तहका प्रहरी कर्मचारीले आफ्नो समस्या वा गुनासो आफू कार्यरत कार्यालयको प्रमुखबाट समाधान हुन नसके प्रदेश प्रहरी प्रमुखसँग सहजै रुपमा टेलिफोनमार्फत संवाद गर्न सक्नेछन् ।
आन्तरिक रुपमा सङ्गठनलाई व्यवस्थित गर्न र तल्लो तहका प्रहरी कर्मचारीको गुनासो वा समस्या माथिल्लो तहको कर्मचारीले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी बोध गराउन संवाद शुरु गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारीका लागि सातामा फरक फरक समय विभाजन गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकसँग टेलिफोन संवाद गर्न सक्नेछन् ।
जुनियर प्रहरी अधिकृतहरुका लागि आज बिहान ९ देखि १० बजेसम्म दुई घण्टा, प्रहरी जवान र हबल्दारहरुका लागि शुक्रबार बिहान ९ देखि १० बजेसम्म दुई घण्टा र माथिल्लो अधिकृत दर्जा प्रहरी कर्मचारीका लागि जनुसुकै समयमा पनि प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद गर्न सक्नेछन् । प्रहरी सङ्गठनलाई आन्तरिकरुपमा चुस्तदुरुस्त राख्न सो अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ ।
विभागका कारण भूकम्पले क्षतिग्रस्त कङ्केश्वरी मन्दिर पुनःनिर्माण हुँदा पहिलेभन्दा १४ इञ्च चौडाइ घटेको स्थानीयवासीको आरोप छ । काठमाडौँ महानगरपालिका–१९ स्थित विष्णुमती किनारमा रहेको मन्दिरका पुजारी, नाइके, स्थानीयवासीलगायतले पहिलेकै स्वरुपमा मन्दिर पुनःनिर्माण हुनुपर्ने माग गर्दा पनि विभागले ठेक्का लगाएका निर्माण व्यवसायीले मानेनन् । विभागका प्राविधिक मन्दिर पुनःनिर्माणका क्रममा नभेटिएको समेत स्थानीयवासीको दुःखेसो छ ।
विसं २०७२ वैशाखअघि नै दक्षिणतिर ढल्किएको मन्दिरमा भूकम्पले क्षति भएपछि चामुण्डा देवीको मूर्ति बाहिर टहरामा राखी पूजा शुरु भएको थियो ।
मन्दिरको चौडाइ १४ इञ्चसम्म घटाइएकाले दुई कुनामा पहिले राखिएको ऐनासमेत नअटेको हाल मन्दिरमा पूजासमेत गर्दै आउनुभएका रेखालु गोविन्द खड्काले बताउनुभयो । “ पुनःनिर्माण सकियो भनेपछि पहिले राखिएको ऐना राख्न खोज्दा अटेन, ऐना पनि टहरामा राखिएको छ, मन्दिर भत्काउनुअघि तस्वीरसमेत लिइएन, मन्दिरको चौडाइ घटाइएपछि छाएको पाता काटेर छाना छाइयो, काटेको एक बोरा पाता गोदाममा राखिएको छ”, उहाँले भन्नुभयो ।
चौडाइ घटाइएकै कारण मन्दिरका चार कुनामा राखिएको अर्नाको सिङसमेत नअटाएर गोदाममै थन्क्याइएको छ । पुरातात्विक महत्वको मन्दिर बनाउने बेलामा मन्दिर पुनःनिर्माण समिति र विभागले समेत ध्यान नदिँदा पुर्खाले दिएको नासो भावी पुस्तालाई हस्तान्तरण गर्न नसकिने अवस्थामा पुगेको स्थानीयवासीको गुनासो छ ।
पुनःनिर्माण गर्नुअघि मन्दिरको इशान कोणमा रहेको घण्ट अड्याउने ढुङ्गाको बीचबाट छिरेर रङरोगन गर्न सकिने ठाउँ भएकामा अहिले हात छिराउनसमेत अप्ठ्यारो हुने ठाउँ मात्र बाँकी रहेको मन्दिरका नाइके लाहुरे देउलाले बताउनुभयो । निर्माण व्यवसायीले चौडाइ घटाएर पहिलेभन्दा एक फिट उचाइ बढाएको उहाँले आरोप लगाउनुभयो । “मन्दिर पहिलेकै स्वरुपमा नबनाई अनियमितता गरिएकाले विभागलाई निर्माण व्यवसायीको भुक्तानी रोक्न भनेका छौँ”, मन्दिरका नाइके देउलाले भन्नुभयो । विभागले भने पुनःनिर्माणको भुक्तानी गरिसकिएको जनाएको छ । मन्दिरको सत्तलमा सामान राखिएको भाडा चामुण्डा परिवार नामक गैरसरकारी संस्थाले लिएर अनियमितता भएको उहाँले आरोप लगाउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस