गोली लागेका न्यौपानेको मृत्यु, बर्दिबासमा आज बिहान ९ बजेदेखि निषेधाज्ञा
बर्दिबास- महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रदर्शन भएपछि आज पनि प्रदर्शन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।
मंगलबार बर्दिबासमा प्रदर्शन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको छ। तिख्रामा गोली लागि घाइते बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपानेको बुधबार बिहान काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
न्यौपाने परिवारका अनुसार अत्याधिक रक्तश्रावका कारण उनको विहान १ बजे निधन भएको छ। गोली लागि घाइते भएका न्यौपानेलाई तत्काल हेलिकप्टरबाट उपचारमा पठाएपनि बचाउन नसकिएको बर्दिबास प्रहरीले जनाएको छ।
सुरक्षाकर्मीको गोली लागेर घाइते भएका श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ। प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस