विद्यालयमा भूकम्प मापनयन्त्र जडान
विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन यहाँको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेकोे शान्ति माध्यामिक विद्यालय परिसरमा भूकम्प मापनयन्त्र जडान गरेको हो ।
जैमिनी नगरपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसार रु एक लाख ५० हजारको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । “व्यवहारिक शिक्षाको खाँचो छ, भूकम्पको विषयमा हाम्रा विद्यार्थी जानकार हुन आवश्यक छ”, आचार्यले भन्नुभयो, “भूकम्पसम्बन्धी शिक्षा, जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुने छ ।”
विद्यालयमा जडान भएको यन्त्रले २ दशमलव ५ रेक्टर स्केलमाथिको भूकम्पको मापन गर्नसक्ने उहाँले जानकारी दिनुभयो । “सामान्य भूकम्पको धक्काको विषयमा विद्यालयमा नै जानकारी हुन्छ, जसका कारण नगरवासी सबैले सूचना पाउने माध्यम बन्छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरको २ दशमलव ५ माथि र चार रेक्टर स्केलभन्दा माथि नेपालभर गएका भूकम्पको जानकारी यन्त्रले दिन सक्छ ।”
नगरपालिकाले शान्ति माध्यमिक विद्यालय आसपासका अन्य विद्यालयका विद्यार्थीको लागि समेत यो सिकाइ केन्द्र बनाउनुपर्ने भनेको छ । सात रेक्टर स्केलसम्मका विश्वभरका भूकम्पीय गतिविधि पनि यन्त्रले मापन गर्ने आचार्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस