गाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली
अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो ।
गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भए पनि यहाँका स्थानीय सौर्य, टुकी र ‘झरो’ ९सल्लाको दाउरा० बालेर रात बिताउन बाध्य थिए । गाउँमा बिजुली बलेपछि अन्य गाउँबस्तीजस्तै यहाँका गाउँ पनि झिलिमिली भएका छन् ।
गाउँमा विद्युत् पुगेसँगै विद्यालय पढ्ने बालबालिकालाई रातिमा किताब पढ्न सहज हुने स्थानीय खगेश्वरी पनेरुले बताउनुभयो । “सौर्य उर्जाबाट पढ्थे, कहिले त घाम नलागेर पढ्न नपाउने समस्या हुन्थ्यो । ‘झरो’ बालेर पढ्दा समयसमयमा नबल्दा समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “बिजुली पुगेपछि अब समस्या टर्यो, बल्ल स्थानीय सरकारको अनुभूति भयो ।”
गाउँमा बिजुली बाल्न धेरै सङ्घर्ष गरेको अमरगढी–३ सतकाटाका भीमबहादुर पाण्डेयले बताउनुभयो । बिजुली बाल्नकै लागि आफूहरूले जिल्ला सदरमुकामबाट चार वर्ष पहिले विद्युत्का पोल बोकेर गाउँमा पु¥याएको पाण्डेको भनाइ छ । ठेकेदार र विद्युत् कार्यालयको लापर्बाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको भए पनि अहिले स्थानीयको चासो र विद्युत् कार्यालयको अग्रसरतामा बिजुली पुर्याउन सफल भएको अमरगढी–३ का वडाध्यक्ष गोविन्द बोहराले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस