मकवानपुरमा ६७३ घरको छानो फेरिँदै
नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत मकवानपुरको निर्वाचन क्षेत्र नं २ मा ६७३ विपन्न परिवारको खरको छानो फेरिने भएको छ । क्षेत्र नं २ अन्तर्गतका हेटौँडा उपमहानगरपालिकाको केही क्षेत्र, थाहा नगरपालिका, मनहरि, राक्सिराङ, इन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ६७३ घरको खरको छानो हटाएर जस्तापाताका छानो लगाइने भएको हो ।
मकवानपुर क्षेत्र नं २ का तर्फबाट प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको सहभागितामा जिल्ला समन्वय समिति मकवानपुरले लाभग्राही सङ्ख्या निर्धारण गरेको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाइरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिइएको प्रमुख खुलालले बताउनुभयो ।
जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत हेटौँडा उपमहानगरपालिका क्षेत्रको वडा नं १, ३, ११ र १९ मा १०० घर, भीमफेदी गाउँपालिकामा ५०, कैलाश गाउँपालिकामा ७५, मकवानपुरगढी गाउँपालिकामा ५०, मनहरि गाउँपालिकामा १००, राक्सीराङ गाउँपालिकामा १७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणअन्तर्गत छाना परिवर्तनका लागि निर्धारण गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्पपछि पुनःनिर्माणको लाभग्राहीको सूचीमा नपरेका परिवारले मात्र यो सुविधा प्राप्त गर्ने छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस