१४ वर्षीया छोरीलाई बलात्कार गर्ने एकजनालाई ३७ वर्ष जेल
जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कारमा संलग्न एक बाबुलाई ३७ वर्ष कैद सजायको फैसला गरेको छ।
१४ वर्षीया छोरीलाई पटक(पटक बलात्कार गरेको अभियोगमा न्यायाधीश सीता शर्माको एकल इजलासले ४२ वर्षीय बाबुलाई ३७ वर्ष जेल सजाय गर्न आदेश दिएको हो। उनी आठ महिनाअघि पक्राउ परेका थिए। छोरीलाई बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि ३० चैतमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
मकवानपुरकै ती पुरुषले आफ्नी पत्नीले आत्महत्या गरेपछि छोरीलाई बलात्कार गर्न थालेका अनुसन्धानबाट खुलेको छ। उनले चार वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएका थिए। नयाँ मुलुकी संहिता अनुसार जबर्जस्ती करणीमा १२ वर्ष र हाडनाता करणीमा २५ वर्ष गरी उनलाई ३७ वर्ष कैद सजाय सुनाइएको अदालत स्रोतले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस