बिरामी बोकेको पिकअप त्रिशूली नदीमा खस्यो, तीन बेपत्ता
चितवन- प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ ।
यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन् । घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ । रासस
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस