पाँच गोली लागेका घाइते पुरुष फेला
दाङमा पाँच वटा गोली लागेको अवस्थामा एक पुरुष बेवारिसे अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार गोली लागेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल फेला परेका हुन्।
बुधबार राति साढे १० बजे दाङ लमही नगरपालिका–९ च्याउ खोला (जंगल)मा गोली लागेर गम्भीर घाइते भएको अवस्थामा पौडेल फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
पौडेललाई तत्कालै एम्बुलेन्समार्फत बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारको पठाइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस