त्रिशूली नदीमा बेपत्ता तीनमध्ये दुईको शव फेला
चितवन- इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूली नदीमा खसेको थियो।
सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो।
प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए। बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ। सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो। घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
https://jibanshaili.com/2020/11/26/58357/
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस