निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाहीकाे माग
नेपाल निर्माण व्यवसायी महासङ्घले भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार राति १०ः१५ बजे रोल्पा प्यूठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजना किनारामा पार्किङ गरी राखिएका स्काभेटरहरुमा आगजनी गरिएको महासङ्घले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ । जलजला÷आँशु÷जय माँ निर्माण सेवाका सञ्चालक तथा महासङ्घका कार्यसमिति सदस्य बालाजु श्रेष्ठका स्काभेटरहरुमा अज्ञात समूहबाट आगजनी गरिएको महासङ्घले जनाएको छ । आगजनीबाट चार वटा स्काभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आंशिक क्षति पुगेको महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रा १ क ३६७ नं को स्काभेटरमा आगजनी गरिँदा करोडांैको क्षति भएको महासङ्घले जनाएको छ । ती स्काभेटर कल्याणकोट—कालाकाटे गढ्वा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु कान्छाराम कन्स्ट्रक्सन जेभीले गरिरहेको छ ।
निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत अज्ञात समूहको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासङ्घको भनाइ छ ।
यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासङ्घ सशक्त आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घले माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासङ्घले पुनः सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस