सुरक्षा कारबाहीमा परी नौ तालिबान लडाकू मारिए
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा बिहीबार जानकारी दिएको छ ।
ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा परी तालिबानी समूहका नौ लडाकू मारिएका समाचारमा जनाइएको छ ।
कारबाहीको क्रममा सुरक्षाबलले युद्धकविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबहीको क्रममा अन्य आठ लडाकू घाइते भएका जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने।कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबान विरुद्धको कारबाही भने जारी रहेको बताइएको छ ।
अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलो मिटर पश्चिममा रहेको हेरात प्रान्तको प्रन्तीय शहर हेरात शहरमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीकाके विषयमा कुनै टिप्पणी गरेको छैनन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस