ज्येष्ठ नागरिकले बनाए विश्रामस्थल
जिल्लाको बेँसीशहर नगरपालिका–८ स्थित शेरा चौतारा नजिकै विश्रामस्थल निर्माण भएको छ । बेँसीशहर नगरपालिका–८ का ८५ वर्षीय बिर्खबहादुर पौडेलले रु तीन लाख चार हजार २७४ आफ्नै लगानीमा विश्रामस्थल निर्माण गर्नुभएको हो ।
सो विश्रामस्थलको संविधानसभा सदस्य जमिन्द्रमान घलेले बुधबार उद्घाटन गर्दै नगरभित्रका सार्वजनिक जग्गा हराउँदै गएको अवस्थामा यसको खोजी र संरक्षण गर्नका लागि नगरपालिका लाग्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णप्रसाद अधिकारी र नेपाली काँग्रेसका श्रीकान्त घिमिरेले नयाँ पुस्ताले समेत यस्ता सामाजिक र मानवीय कार्य गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
आफ्ना पूर्खा बाजे मेजर कृष्णनन्द पौडेलले २३४ वर्ष अघि शेरा चौतारा स्थापना गरेको र उहाँको स्मृतिमा नै सोही चौतारा नजिकै विश्रामस्थल निर्माण गरिएको पौडेलले बताउनुभयो । जस्तापाताको छानो भएको सो विश्रामस्थलमा करिब ६० जना बस्न मिल्नेछ । विश्रामस्थल निर्माण भएपछि यहाँ यात्रु, पर्यटक, ज्येष्ठ नागरिकलाई विश्राम गर्न तथा सुरक्षाकर्मीलाई घामपानीका बेला ओत लाग्नलाई मिल्नेछ ।
विश्रामस्थलको निर्माणसँगै बर पिपलको बोट रहेको चौतारालाई समेत संरक्षण गर्दै रङरोगन गरिएको छ । विश्रामस्थल निर्माणले स्थानीयवासी खुशी भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस