• जीवनशैली | Jiwanshaili
  • दौलतपुरमा जङ्गली हरिण फेला


    मोरङको रङ्गेली नगरपालिका–३ दौलतपुरमा जङ्गली हरिण भेटिएको छ । स्थानीयवासी शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयवासीले नियन्त्रणमा लिई आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

    इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले हरिणलाई आमतोलास्थित सबडिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । जङ्गलबाट आएको हरिणले करिब ३० किमीको यात्रा पार गरेको बताइएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार