महिला हिंसा अन्त्यका लागि साइकल र्याली
महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ अन्तर्गत १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा किशोर किशोरकीका लागि साइकलर्याली र आत्मरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको छ ।
साइकल यात्रा भृकुटीमण्डपबाट शुरु भई शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, बल्खु हुँदै टौदहमा पुगेर आत्मरक्षाका सीप र मर्यादित महिनावारीका विषयमा छलफल गरिएको थियो । अनलाइन फारमबाट छानिएका सहभागीमध्ये १० जना साइकल यात्रामा सहभागी थिए भने १४ जना आयोजक समूह र अन्य सङ्घसंस्थाको प्रतिनिधि सहभागी थिए । कार्यक्रममा मर्सीकोर नेपाल, रेस्ट्लेस् डिभेलप्मेट नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालान र अन्य सङ्घ संस्थाको साथ रहेको थियो ।
गल्र्स किकका अध्यक्ष निरज न्यौपानेले किशोर किशोरीलाई सक्षम तथा आत्मविश्वासयुक्त बढाउन, आत्मरक्षा, क्षमता र सीप विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ग्लोबल एक्सन नेपालको संस्थापक बाबुकाजी क्षेष्ठले छोरीलाई घर व्यवहारमा मात्र सीमित नराखी साइकल चलाउन प्रेरित गरी उनीहरुको शारीरिक तथा मानसिकरुपमा नै अब्बल बनाउन तथा हिंसा न्यूनीकरण गर्न पनि अभियानले सहयोग मिल्ने उहाँले बताउनुभयो । उहाँले यस्तो अभियान प्रदेशगत रुपमा सञ्चालनका लागि दीर्घकालीन योजना बनाइने पनि जनाउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस