गुल्मी जिप दुर्घटना : मृतक संख्या ६ पुग्यो
गुल्मी- गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको छ । यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो । जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए ।
सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको बताएको छ । चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ ।
इस्मा प्रहरी चौकीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् । अर्की घाइते २८ वर्षीया सरस्वती दर्लामीको उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस्
https://jibanshaili.com/2020/11/27/58505/
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस