बढ्न थाल्यो आगलागीका घटना, सावधानी अपनाउन अनुरोध
हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ । उक्त घट्नामा परी झण्डै रु एक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिनुभयो । प्राप्त जानकारीअनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आगलागीका घटना भएको छ ।
त्यसमध्ये सोलुखुम्बुमा पढ्ने क्रममा आगलागी हुँदा एक बालिका घाइते नै भएकी छिन् । केही ठाउँमा ग्यास चुहिएर त केही स्थानमा विद्युत्् चुहिएर आगलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आगो सल्किएको छ । दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आगलागी भएको र झण्डै रु ७० लाखको क्षति भएको जनाइएको छ । तेह्रथुमको आठराइस्थित एक घरमा आगलागी हुँदा रु १५ लाखको क्षति भएको जनाइएको छ । कञ्चनपुरको एक लुगा सिउने पसलमा आगलागी हुँदा रु चार लाखको क्षति भएको जनाइएको छ ।
प्राधिकरणका प्रवक्ता गौतमले आगलागीका घटना बढ्न थालेकाले आगोमा काम गर्दा र आगोले टिप्ने सामग्रीको व्यवस्थापनमा विशेष ख्याल गर्न अनुरोध गर्नुभएको छ । उहाँले विद्युत्ीय सामग्री र ग्यासको सावधानीमा ध्यान दिनसमेत सर्वसाधारणसँग अनुरोध गर्नुभयो ।
यसअघि बिहीबार पनि काठमाडौँसहित विभिन्न सात जिल्लामा आगलागीका घटना भएको थियो । बुधबार चार जिल्लामा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । गौतमले मुलुकमा भौतिक क्षति र घटना सङ्ख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घटना बढी हुने गरेको बताउनुभयो । अहिले प्राधिकरणले घटना न्यूनीकरणका लागि आवश्यक तयारमिा लाग्न जिल्लाजिल्लामा निर्देशन सर्कुलरसमेत गरिसकेको जानकारी दिनुभयो ।
गत वैशाख यता मात्रै एक हजार ४३ आगलागीका घटना भएको प्राधिकरणको अभिलेख छ । उक्त आगलागीमा परी २० जनाको मृत्यु भएको र १८६ जना घाइते भएका छन् भने ४६७ पशुचौपाया क्षति भएको छ । यो बीचमा आगलागीबाट रु ८४ करोड ११ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस