ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोनाको खोप नलिने
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गर्नुभएको छ ।
आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उहाँले बिहीबार घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उहाँले भन्नुभएको छ, “म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।
मृतकहरुको यो सङ्ख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ ।अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ ।
सङ्क्रमितको सङ्ख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको सङ्ख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।
विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उहाँको आलोचना गरेका छन् ।कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उहाँले असहमति र असन्तुष्टि जनाउदै आउनुभएको छ ।
उहाँले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आउनुभएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस