• जीवनशैली | Jiwanshaili
  • पाथीभरामा तीर्थयात्रीको मृत्यु


    फुङ्लिङ- ताप्लेजुङको पाथीभरा दर्शन गर्न आएकी एक महिला तीर्थयात्रीको शक्रबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो ।

    मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उनलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिए ।

    तीस वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा आएकी थिइन् । अपराह्न १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निस्कँदा होमकुण्ड छेउमा लडेपछि स्टे«चरमा उनलाई सदरमुकामतिर ल्याइएको थियो ।

    मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । चिसोका कारण उनको मृत्यु भएको हुन सक्ने जनाइएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार