• जीवनशैली | Jiwanshaili
  • जन्ती बोकेको जिप दुर्घटना: मृतक संख्या ५ पुग्यो


    रूकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा थप एकको मृत्यु भएको छ । शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको उपचारका क्रममा मृत्यु भएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको छ ।

    आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको जिप दुर्घटना भएको हो ।

    जीप चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार