गोकर्ण गौतमलाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार
विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ। स्व. विजयबाबु खत्रीको नवौं स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमलाई पुरस्कार दिने घोषणा गरेकी हुन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले स्व।पत्रकार गौतमलाई दोस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराइन्।
समितिमा प्रेस काउन्सिल सदस्य संगीता खड्का र नेपाल समाचार केन्द्रद्वारा प्रकाशित अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्य सदस्य छन्। २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ। पुरस्कार मंसिर २४ गते प्रदान गरिनेछ।
मकवानपुरको छतिवन घर भएका पत्रकार गौतमको ३१ वर्षको उमेरमा मंसिर ४ गते निधन भएको हो। मस्तिष्कको नसामा समस्या देखिएपछि शल्यक्रियाका क्रममा उनको निधन भएको थियो। देशान्तरबाट पत्रकारिता करिअर सुरु गरेका गौतम २०७० सालदेखि पाँच वर्ष कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित नेपाल म्यागेजिनमा र त्यसयता कान्तिपुर दैनिकमा आबद्ध थिए।
पहिलो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिएको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस