• जीवनशैली | Jiwanshaili
  • कोरोना र क्षयरोगः सन्दर्भ ६७ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस


    कोरोना र टीबीबाट संक्रमित विरामीहरुको लक्षण उस्ताउस्तै हुन्छन्। दुबै बिरामीमा देखिने खोकि, ज्वरो र सास फेर्न कठिनाईले मुख्य रुपमा फोक्सोमा आक्रमण गर्दछ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले आर्थिक, सामाजिक, शिक्षा स्वास्थ्य ठूलो असर परेको छ। नेपालमा लामो समयको लकडाउन तथा निषेधाज्ञाका कारण विरामीले नियमित उपचार गर्न पाएका छैनन्। क्षयरोग र कोभिडको लक्षण उस्ताउस्तै रहेको र अहिले स्वास्थ्य संस्थाले कोभिड उपचारमा केन्द्रित भएकोले अरु रोगका विरामीहरुले समयामा उपचार पाइरहेका छैनन्।

    विश्वमा सन् २०१९ मा करीब १ करोड व्यक्ति क्षयरोग संक्रमित भएका छन् भने करीब १३ लाख व्यक्तिको क्षयरोगबाट मृत्यु भएको छ। क्षयरोगले नेपालमा दैनिक १५ जनाको मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग प्रतिवेदन २०१९ देखाएको छ। नेपालमा गत वर्ष सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्भेक्षणले नेपालमा करीब ११,७००० क्षयरोगी रहेको र प्रत्येक वर्ष ६९,००० जनामा क्षयरोगी हुने गरेको अनुमान गरेको छ। आगामी दिनमा क्षयरोगबाट मृत्यु हुने दर बढ्ने निश्चित छ। किनभने कोभिडको डर र जोखिमले विरामीहरु उपचार गर्न स्वास्थ्य संस्था गईराहेका छैनन् भने स्वास्थ्य संस्थाले पनि नियमित सेवा दिईरहेका छैनन्। क्षयरोगका बिरामीहरु कोभिडकाे उच्च जोखिममा छन्। मानिसहरुले लक्षण देखिएपछि कोरोना परीक्षण गर्दछन् यदि नेगेटिभ आयो भने अरु परीक्षण गर्दैनन्। तर कोभिडको जस्तै लक्षण क्षयरोग लागेका बिरामीहरुको पनि भएकाले क्षयरोग र कोभिडको परीक्षण संगसगैं लानु जरुरी छ।

    नेपाल क्षयरोग‌ निवारण संस्था विस २०१० सालमा स्थापना भई क्षयरोग नियन्त्रण, निवारणमा सक्रिय अग्रणी सामाजिक संस्था हो। यसले प्रत्येक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउने गरेको छ। प्रत्येक वर्ष संस्थाले सभा, अन्तरक्रिया गोष्ठि अभिमुखीकरण कार्यक्रम गर्ने गरेपनि यस वर्ष कोभिडको जोखिमको कारणले रेडियो, टिभिमा सोसल मिडिया र मोबाइल सन्देशबाट क्षयरोग नियन्त्रण सम्बन्धी प्रचारप्रसार गरि भव्य रुपले मनाउँदै छ। यस्तै, कालिमाटीको टीबी अस्पताल, कालिमाटी र मोरङको डि आर होस्टेलका विरामीहरुलाई न्यानो कपडा, मास्क वितरण गरि मनाउन गईरहेको छ।

    त्यसैगरि संस्थाका जिल्ला शाखाहरुमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रम गरि यस वर्ष संस्थाले दिवस मनाउँदै छ। दिवसको यस वर्षको नारा क्षयरोगीलाई उपचार र अधिकारको सुनिश्चितता, क्षयरोग नियन्त्रण आजको आवश्यकता रहेको छ। संस्थाले क्षयरोग उपचारको लागि ओपिडि, टीबी अस्पताल, खकार परीक्षण गर्न जेनेटप टीबी ल्याब, जिन एक्सपर्ट परीक्षण सेवा, एक्स रे जनरल ल्याब, डट्स सेवा संचालन गरिराखेको नेपाल क्षयरोग निवारण संस्थाका निमित्त कार्यकारी अधिकृत रामकाजी कार्कीले बताए।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार