• जीवनशैली | Jiwanshaili
  • लायन्सको कोभिड सचेतना कार्यक्रम


    काठमाडौं- काठमाडौंको ढुंगेधारा चोकमा शनिबार साँझ लायन्स क्लब वनस्थलीले कोभिड सचेतना कार्यक्रम गरेको छ ।

    पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई मास्क तथा सेनिटाइजर वितरण गर्दै संस्थाले कोभिडबाट बच्ने उपायबारे बताउँदै सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा लायन्स क्लब काठमाडौं, सेन्ट्रलभ्याली, वनस्थलीका अध्यक्ष विदुर अधिकारी, उमेश सापकोटा, शहदेव बस्नेत, लक्ष्मी सापकोटा, कृष्णप्रसाद निउरेलगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा पाँच सयभन्दा बढी सर्वसाधारणलाई कोभिड सचेतनासहित स्वास्थ्य सामग्री वितरण गरिएको छ । आगमी दिनमा समेत जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने अध्यक्ष अधिकारीले बताए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार