भक्तपुरमा जिउँदो सालकसहित पक्राउ परेका व्यक्ति उपराष्ट्रपति पुनका सवारी चालक
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित पक्राउ परेका व्यक्तिमध्ये एक जना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ । उनीहरु चार दिन पहिले जिउँदो सालक बिक्री गर्न हिँडेका समयमा पक्राउ परेका थिए ।
पक्राउ परेका मध्ये सशस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर उपराष्ट्रपति पुनको बहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा समेत कार्यरत रहेको बताइएको छ ।
उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस