हेटौँडा अस्पतालमा सघन र उच्च उपचार कक्ष उद्घाटन
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिन अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरीरहेको बताउनुभएको छ । उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आइसियु) तथा उच्च उपचार कक्ष ९एच।डि।यु० को आज उद्घाटन गर्दै जनतालाई समाजवादप्रति उन्मुख गराउन स्वास्थ्य र शिक्षाको गुणस्तरीय र दक्षजनशक्ति उत्पादनको लागि सरकारले क्रमशः शिक्षण अस्पताल स्थापना गर्दै लाने नीति रहेकोछ भन्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको व्यवस्थापनमै भक्तपुर, नुवाकोट र सिन्धुली जिल्ला अस्पतालमा आजैदेखि सघन उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले सङ्घीय सरकारद्वारा प्रदेशमा अस्पतालको स्तरोन्नति र निर्माणको लागि गरिएको प्रयास अन्तर्गत १३ जिल्लामा ५१ वटा अस्पतालको आज शिलान्यास हुने उल्लेख गर्दै सङ्घीय सरकारले ती अस्पतालको निर्माणको लागि रु ५८ अर्ब अनुदान रकम उपलब्ध गराएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौँडाको जनघनत्वलाई मध्यनजर राखी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडामा केही दिनभित्रै ३०० श्ययाको शिक्षण अस्पताल निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले उक्त शिक्षण अस्पताल निर्माणको लागि रु ४५ करोड रकम बजेट विनियोजन गरेको र अब हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेकोछ भन्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासलाई मदनभण्डारी स्वास्थ्य विज्ञानले निरन्तर सहकार्य गरेर जनताको आस्था वृद्धि गर्ने बताउनुभयो । विसं। २०१८ मा स्थापना भएको हेटौँडा अस्पतालमा पहिलो पटक आजदेखि सघन उपचार सेवा र उच्च उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा प्रवीन श्रेष्ठले बताउनुभएको छ । हेटौँडा अस्पतालमा अहिले प्रदेश नं २ का बारा, पर्सा, रौतहटका बिरामी स्वास्थ्य उपचारको लागि आउने गरेको र ती बिरामीलाई दक्ष चिकित्सकले परीक्षण गरेर आवश्यकता अनुसार आन्तरिक कक्षमा भर्ना गरी उपचार सेवा दिइरहेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस