हेलिकप्टरबाट सुत्केरीको उद्धार
बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका– ४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो ।
श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौँबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । उद्धार गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस