कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।
बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।
बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनु भएको छ । तर उहाँको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताउनुभयो ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । उहाँ अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नु हुनेछ ।
बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नु भएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिनु भएको थिएन । राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उहाँहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसक्नु भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस