आज सोमबार सेयर बजारकाे नयाँ रेकर्ड कायम
आज सोमबार नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा आज बजार २८.७९ अंकले बढेर १९९७.०५ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाखमाथिको कारोबार भएको छ । नेप्से परिसूचकले नयाँ रेकर्ड राखेसंगै लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको कुल ३८ करोड ४८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश नेपाल पुनर्बीमा कम्पनी र प्रभु बैंकको भएको छ । कारोबारमा आएका समूहमध्ये ४ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर, माथिल्लो तामाकोशी हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् । साथै विशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस