बङ्गलादेशमा १७ करोड मोबाइल फोनको प्रयोग
बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप भएका बङ्गलादेश दूरसञ्चार नियामक आयोग ९बीटीआरसी० ले उल्लेख गरेको छ ।
बीटीआरसीका अनुसार बङ्गलादेशमा अक्टोबरसम्म कूल १६ करोड ८० लाख ६९ हजार मोबाइल प्रयोगकर्ता रहेका छन् । यहाँ चार मोबाइल फोन कम्पनी रहेका छन् भने तीमध्ये तीन कम्पनीले विदेशी लगानीमा सेवा प्रवाह गर्दै आएका छन् ।
अक्टोबरको अन्त्यसम्ममा ग्रामीफोन, रोबी एक्साइटा, बङ्गलालिङ्क र राज्यको स्वामित्व रहेको टेलिटकका क्रमशः सात करोड ८१ लाख २१ हजार, पाँच करोड चार लाख १३ हजार, तीन करोड ४९ लाख १७ हजार र ४६ लाख १८ हजार मोबाइल फोन प्रयोगकर्ता रहेको बीटीआरसीका् तथ्याङ्कमा उल्लेख छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस