महामारीमा अपाङ्गता भएका व्यक्ति उपेक्षित
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले कोभिड–१९ का विषम स्थितिमा स्वास्थ्य, शिक्षा र जीवनयापनलगायत विषयमा अपाङ्गता भएका व्यक्ति उपेक्षित भएको जनाएको छ । ‘अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवस’का पूर्वसन्ध्यामा आज आयोजित छलफल कार्यक्रममा महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अन्य समयमा पनि आफूहरुका सवालमा राज्य र समाज गम्भीर नभएको आरोप लगाउँदै महामारीका समयमा यस क्षेत्रका व्यक्ति थप समस्यामा परेको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिलाई पछाडि पारेर समावेशीकरणको विषय पूर्ण नहुने जनाउँदै आवाजविहीनको आवाज उठाइदिन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । यही मङ्सिर १८ गते मनाइने उक्त दिवसको नारा ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ तय गरिएको छ ।
महामारी रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा महासङ्घले गरेको अध्ययनमा ४१ दशमलव २२ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई कोरोना सङ्क्रमणबारे सामान्य जानकारी रहेको र ६ प्रतिशतमा कुनै जानकारी नभएको पाइएको महासङ्घका व्यवस्थापक मनिष प्रसाईँले बताउनुभयो । उहाँले पछिल्लो समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपाङ्गताका विषयमा सचेत हुँदै अघि बढ्न थालेको पनि जनाउनुभयो । नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्ति अनलाइन शिक्षामा पहुँच कमजोर रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस