सडकमा अलपत्र परेकाको व्यवस्थित बसोबासको व्यवस्था गरीने
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । गुरुनानक जयन्तीका अवसरमा आज बालाजुको म्हेपीमा आयोजित कार्यक्रममा उहाँले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
“मानवता र मानव सभ्यताको विकासमा गुरुनानकले देखाएको मार्गदर्शन अवलम्बन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन बिताइरहेकाको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुरुप सडक मानवमुक्त अभियानलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
सरकारले काठमाडौँको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको उहाँको भनाइ छ । प्रस्तावित निर्माणस्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित राज्यमन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस