एकै दिन पाँच अस्पतालको शिलान्यास
जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, ज्वालामुखी र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्सित भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । गाउँपालिका अध्यक्ष शम्भु थापाले सरकारले रकम उपलब्ध गराएपछि गाउँपालिकाको समेत लागतमा अस्पताल निर्माण गर्न लागिएको बताउनुभयो । यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा १० श्ययाको अस्पतालको आज पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले शिलान्यास गर्नुभएको छ ।
सो अवसरमा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले गाउँमै अस्पताल बनाउन सङ्घीय सरकारले गरेको सहयोगको उपयोग गर्दै स्थानीय सरकारले अस्पताल बनाउन लागेको बताउनुभएको छ । यो भवनको रु १८ करोड ८७ लाखमा निर्माण सम्पन्न हुनेछ ।
त्यस्तै ज्वालामुखी गाउँपालिकाको मैदीमा १५ श्ययाको अस्पतालको सङ्घीय सांसद खेम लोहनीले शिलान्यास गर्नुभएको छ । गाउँमै अस्पताल बनाएर स्वास्थ्यकर्मी भएपछि जनताले गाउँमै रहेको सरकारको महसुस गर्ने सांसद लोहनीले बताउनुभएको छ ।
बेनिघाटरोराङ गाउँपालिका बेनिघाटमा १० श्ययाको अस्पताल निर्माण शुरु गर्नका लागि आज गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले एक समारोहबीच शिलान्यास गर्नुभएको छ । यो अस्पतालको लागत रु १० करोड ८३ लाखको लागतमा निर्माण हुनेछ । यसैगरी गङ्गाजमुना गाउँपालिका फूलखर्कमा पाँच श्ययाको अस्पतालको संविधानसभा सदस्य धनबहादुर घलेले शिलान्यास गर्नुभएको छ । यो अस्पताल रु एक करोड ७० लाखमा निर्माण हुनेछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस