जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित
जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ ।
शाखाकी प्रमुख सुस्मिला खनालले जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा जिल्लामा ३२८ सङ्क्रमित रहेकामा १६१ पुरुष, १३९ महिला, २७ बालबालिका र एक जना तेस्रो लिङ्गी थिए ।
एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका अध्यक्ष श्रीराम कँडेलले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको जानकारी दिनुभयो । “समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,” उहाँले भन्नुभयो,“संस्थाले उनीहरुलाई सहजीकरणको काम गरिरहेको छ ।” कोभिडका कारण भएको बन्दाबन्दीका समयमा संस्थाले एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि पु¥याउने व्यवस्था मिलाएको थियो ।
जिल्लाका केही एचआइभी सङ्क्रमित छिमेकी जिल्लामा गएर उपचार गर्ने गरेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिनुभयो ।“नजिकैको अस्पतालमा उपचारका लागि गएका बेला अरुले देखेर चिन्ने त्रासमा एचआइभी सङ्क्रमित उपचार गर्न आउन डराउछन्,” उहाँले भन्नुभयो, “अहिले पनि सङ्क्रमित रोग लुकाएर बस्न बाध्य छन् ।” अस्पतालबाट एचआइभी सङ्क्रमितलाई निःशुल्क औषधि वितरण भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस