हिंसाविरुद्ध कविता
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठीमा राज राय प्रथम, पिङ्की झा द्वितीय र मीना साह तृतीय हुनुभएको छ ।
रायले ‘बलात्कार र न्याय’, झाले ‘सुरक्षित जीवनको अधिकार’ तथा साहले ‘मिथिलाको छोरी’ शीर्षकमा कविता वाचन गर्नुभयो । कार्यक्रमका मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दास र मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाले प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा संयोजक पोखरेलले कोरोनालाई अपराध मान्ने समाजले बलात्कारमा मौन रहन र मिलापत्र गर्न नमिल्ने बताउनुभयो । हिंसा नगर्ने र नसहने मात्र नभई हिंसा थाहा पाउने हरेकले खबरदारी गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । लैङ्गिक हिंसा महिलाको मात्र समस्या नभई साझा समस्या हो भनेर बुझ्न, बुझाउन सके मात्र सभ्य समाजको निर्माण गर्न सहज हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरेल, करुणा झा, कार्यक्रम संयोजक प्रतिमा देव, गायिका कञ्चन झा, नारायण देवले समेत लैङ्गिक हिंसाविरुद्ध अप्रतियोगी कविता तथा गीत वाचन गर्नुभएको थियो । राष्ट्रिय गीत र गोसाउनी गीतबाट शुरु भएको कार्यक्रममा बन्दना मिश्रले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा मिश्रले हिंसालाई सामान्यरूपमा लिने सोच, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हिंसा बढ्दै गएकाले कानूनलाई कठोर दण्डनीय बनाउन र सामाजिक सोच परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस