कर्णाली प्रदेशमा धान उत्पादनमा वृद्धि
कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।गत वर्षको तुलनामा यो वर्ष छ हजार मेट्रिक टन बढी धान उत्पादन भएको कर्णाली प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार यो वर्ष कर्णालीमा एक लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, सल्यानमा २८ हजार ९००, रुकुम पश्चिममा आठ हजार ९७६, दैलेखमा चार हजार ४४९, जाजरकोटमा १० हजार ६६५, डोल्पामा ६०५, जुम्लामा दुई हजार ९००, कालिकोटमा ९ हजार ४८९, मुगुमा सात हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
किसानको मिहिनेतसँगै यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताउनुभयो । “यो वर्ष धैरै वर्षा हुँदा किसानले समयमै धान रोप्न पाएका थिए”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नुजस्ता कारणले पनि धान उत्पादन बढेको हो ।”
धान उत्पादनमा वृद्धि भए पनि लक्ष्यअनुसारको वृद्धि हुन नसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । वर्षायाममा किसानले समयमा नै रासायनिक मल नपाउनु र सलह कीराको प्रकोपका कारण अपेक्षाअनुसारको धान उत्पादन हुन नसकेको उहाँको भनाइ छ । यसअघि वर्षायामको समयमा कोरोना महामारीका कारण कर्णालीमा पनि
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस