• जीवनशैली | Jiwanshaili
  • नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रहरीकाे नियन्त्रणमा


    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। पौडेलले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

    उनले ट्वीटरमा लेखेका छन्, भर्खर प्रहरी परिचालन गरी मलाईसमेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्,’

    व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो।

    तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको थियो।

       https://twitter.com/NcPaudel?s=07

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार